PRABHU BANK

राष्ट्र बैंकले मुद्दती निक्षेपमा १ अर्ब १० करोड रुपैयाँ लगानी गर्ने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको १ अर्ब १० करोड रुपैयाँ बैंकहरुको मुद्दती निक्षेपमा लगानी गर्ने भएको हो ।

मुद्दती निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले भदौ १४ गतेभित्र आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदर समेत खुलाएर आवेदन पेश गर्नुपर्नेछ ।

त्यस्तै, राष्ट्र बैंकले एक सूचना जारी गर्दै ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामा उक्त रकम मुद्दती निक्षेपका रुपमा राख्ने जनाएको हो । राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा ८८ करोड रुपैयाँ, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकमा १६ करोड ५० लाख रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा ५ करोड ५० लाख रुपैयाँ मुद्दती निक्षेप राख्ने भएको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै