PRABHU BANK

बैंक तथा वित्तिय संस्थाको निक्षेप सङ्कलन एकैदिन ४ अर्ब रुपैयाँले घट्यो, सीडी रेसियो कति ?

काठमाडौँ । बैंक तथा वित्तिय संस्थाको निक्षेप सङ्कलन घटेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्याङ्कअनुसार बैंक तथा वित्तिय संस्थाको निक्षेप सङ्कलन एकैदिन ४ अर्ब रुपैयाँले घटेको हो ।

साउन ६ गते ६४ खर्ब ५३ अर्ब सङ्कलन भएको बैंकहरुको निक्षेप एकैदिन ४ अर्ब रुपैयाँले घटेर साउन ७ गते ६४ खर्ब ४९ अर्ब निक्षेप सङ्कलन भएको छ ।

त्यस्तै, सो अवधिमा वाणिज्य बैंकहरुको निक्षेप सङ्कलन पनि ४ अर्ब रुपैयाँले घटेको छ । वाणिज्य बैंकहरुको निक्षेप साउन ६ गते ५७ खर्ब ५३ अर्ब रहेकोमा ७ गते घटेर ५७ खर्ब ४९ अर्ब कायम भएको हो ।

यसैगरी बैंक तथा वित्तीय संस्थाबाट हुने कर्जा प्रवाह भने १ अर्बले बढेको छ । साउन ६ गतेसम्म ५१ खर्ब ४० अर्ब प्रवाह भएकोमा ७ गते बढेर ५१ खर्ब ४१ अर्ब कर्जा प्रवाह भएको छ । यता सीडी रेसियो पनि ७७.९५ बाट बढेर ७८.१  प्रतिशतमा कायम भएको छ भने अन्तर बैंक ब्याजदर ३ प्रतिशतबाट घटेर २.९७  प्रतिशत कायम भएको नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्याङ्कले देखाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै