PRABHU BANK

सिटिजन्स बैंकले सञ्चालन गर्यो वित्तीय साक्षरताका विभिन्न कार्यक्रम

काठमाडौँ । सिटिजन्स बैंकले वित्तीय साक्षरताका विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको छ । बैंकले आम सर्वसाधारणलाई वित्तीय सचेतना जगाउने उद्देश्यका साथ चालु आर्थिक वर्ष २०८०-८१ मा ७ वाटै प्रदेशमा रहेका आफ्ना विभिन्न १ सय ३४ शाखा कार्यालयहरूबाट वित्तीय साक्षरताका विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको हो ।

बैंकको कोशी प्रदेशका २१, मधेश प्रदेशका ६, बागमती प्रदेशका ४७, गण्डकी प्रदेशका १३, लुम्बिनी प्रदेशका ३०, कर्णाली प्रदेशका ९ तथा सुदूरपश्चिम प्रदेशका ८ शाखाहरू मार्फत  विभिन्न उमेर समुहका व्यक्तिहरू, महिला, विद्यार्थी, कृषक, मजदुर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्तिहरु र अन्य समुहकागरी विभिन्न वर्गलाई वित्तीय साक्षरताका विभिन्न कार्यक्रमहरूको आयोजना गरी करिब १० हजार लक्षित वर्गलाई वित्तीय ज्ञान प्रदान गर्ने कार्य गरेको छ ।

योसँगै बैंकले नगद कारोबार,लेनदेन तथा विप्रेषण जस्ता वित्तीय कारोबार गर्ने क्रममा बैंकिङ प्रणालीकै प्रयोग गर्न समेत उक्त कार्यक्रमबाट आग्रह गरेको छ । यसबाट बैंकिङ प्रणाली मजबुत हुने र उपस्थित सम्पूर्णमा वित्तीय ज्ञानको विकास हुने विश्वास बैंकले लिएको छ।

साथै, बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पनि विभिन्न कार्यक्रमहरू सम्पन्न गरेको छ । आफ्ना शाखा कार्यालयहरू मार्फत  बैंकले विभिन्न विद्यालय र सङ्घ संस्थालाई सहयोग प्रदान गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै