PRABHU BANK

‘कृषि कर्जामा दिएको अनुदान पहुँचको आधारमा टाठाबाठाले खाए’: पूर्वगभर्नर क्षेत्री

काठमाडौँ । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले कृषि कर्जामा दिएको अनुदान वास्तविक लाभग्राहीले पाउन नसकेको बताएका छन् । पूर्वगभर्नर क्षेत्रीले शनिबार एक कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।

उनले विभिन्न सहुलियत कर्जा लक्षित वर्गमा पुग्न नसकेको भन्दै कृषि कर्जामा दिइएको अनुदान पनि वास्तविक लाभग्राहीले भन्दा पनि टाठा बाठाहरुले पहुँचको आधारमा दुरुपयोग गरेको बताएका छन् ।

पूर्वगभर्नर क्षेत्रीले नीतिगत स्थायित्वको कमी हुँदा निजी क्षेत्रको मनोबल खस्किँदै गएकाले लगानीकर्ताहरूले लगानी गर्न नचाहेको बताए पनि बताएका छन् ।

उनले भने, ‘जसको पहुँच छ उनीहरूले कृषि र उद्यम नचिनेरै अनुदान असुले, जो कृषि गर्छ, कृषिमा सम्भावना देखेर उद्यमी बन्न चाहन्छ उसले कृषि कर्जा चाहेर पनि पाउन सकेन ।’

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै