prabhu

‘वित्तीय सेवाका शुल्कबारे जानकार भई वित्तीय कारोबार गरौँ’: राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले वित्तीय सेवाका शुल्कबारे जानकार भई वित्तीय कारोबार गर्न आग्रह गरेको छ । राष्ट्र बैंकले वित्तीय चेतनाका लागि एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो ।

बैंक तथा वित्तीय संस्थाले सेवा प्रवाह गर्ने क्रममा केही सेवा अन्य संस्था वा निकायमार्फत पनि लिनुपर्ने हुन्छ। त्यसका लागि ग्राहकबाट लिन सकिने शुल्कबारे नेपाल राष्ट्र बैंकले प्रावधान तोकिएको छ । उदाहरणका लागि कर्जा सूचना, कालोसूचीसम्बन्धी सेवा, धितो मूल्यांकन, बीमा, इलेक्ट्रोनिक चेक क्लियरिङजस्ता सेवामा बैंकहरुले राष्ट्र बैंकले तोकेको प्रावधानमा रहेर ग्राहकबाट शुल्क लिन पाउँछन् ।

राष्ट्र बैंकका अनुसार सो सेवा बैंक तथा वित्तीय संस्थाले तेस्रो पक्षमार्फत उपलब्ध गराउँदा उक्त सेवाबापत त्यस्ता संस्था वा निकायलाई भुक्तानी गर्नुपर्ने लागतभन्दा बढी हुने गरी आफ्ना ग्राहकबाट सेवा शुल्क असुल गर्न नपाउने व्यवस्था छ। बाँकी सूचनामा हेर्नुहोस् :

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै