PRABHU BANK

नेपालमा ४० अर्ब रुपैयाँ बराबरको शंकास्पद कारोबार, सबैभन्दा धेरै शंकास्पद कारोबार वाणिज्य बैंकमा

काठमाडौँ । नेपालमा ४० अर्ब रुपैयाँ बराबरको शंकास्पद कारोबार भएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार सन् २०२३ मा ४० अर्ब रुपैयाँ बराबरको शंकास्पद कारोबार तथा गतिविधि भएको हो ।

सबैभन्दा धेरै शंकास्पद कारोबार वाणिज्य बैंकहरुमा देखिएको छ । वाणिज्य बैंकमा मात्रै ३८ अर्ब ७२ करोड ८७ लाख रुपैयाँ बराबरको शंकास्पद कारोबार भएको छ । वाणिज्य बैंकमा मात्रै ५ हजार २ सय ८२ वटा शंकास्पद कारोबार भएको छ ।

त्यस्तै, दोस्रोमा विकास बैंकको सबैभन्दा धेरै शंकास्पद कारोबार भएको छ । विकास बैंकबाट २०२३ मा ४७ करोड २२ लाख रुपैयाँ बराबरको यस्तो कारोबार भएको प्रतिवेदनले देखाएको छ । विकास बैंकमा ३ सय ३० वटा शंकास्पद कारोबार भएको छ ।

यसैगरी लघुवित्तमा २४, राष्ट्र बैंकमा ११ र मर्चन्ट बैंकरमा एउटा शंकास्पद कारोबार भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै