PRABHU BANK

३ अर्ब रुपैयाँले घट्यो बैंकिङ प्रणालीको निक्षेप, सिडी रेसियो कति ?

काठमाडौँ । एकै दिन बैंकिङ प्रणालीको निक्षेप ३ अर्ब रुपैयाँले घटेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार असार ७ गतेसम्म ६२ खर्ब ८० अर्ब रहेको निक्षेप ३ अर्ब रुपैयाँले घटेर ८ गते ६२ खर्ब ७७ अर्ब पुगेको हो ।

यता कर्जा प्रवाह पनि १ अर्ब रुपैयाँले घटेको छ । असार ७ गतेसम्म कर्जा प्रवाह ५१ खर्ब ३६ अर्ब रहेकोमा असार ८ गते ५१ खर्ब ३५ अर्ब पुगेको हो ।

त्यस्तै, सिडी रेसियो बढेर ७९.६८ प्रतिशत पुगेको छ भने अन्तर बैंक ब्याजदर ३.०० प्रतिशत छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै