PRABHU BANK

डिजिटल बैंकिङ प्रयोगकर्ताको संख्या बढ्दै, एक वर्षमै थपिए ५० करोड प्रयोगकर्ता

काठमाडौँ । पछिल्लो समय नेपालमा डिजिटल बैंकिङ प्रयोगकर्ताहरूको संख्या बढ्दै गइरहेको छ । कोभिडपछिका हरेक वर्ष डिजिटल बैंकिङ प्रयोगकर्ताहरू बढेसँगै डिजिटल बैंकिङ कारोबार पनि बढ्दै गएको हो ।

नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागको तथ्यांक अनुसार इन्टरनेट बैंकिङ मार्फत हुने कारोबार सुस्त गतिमा बढी रहेकाबेला डिजिटल बैंकिङ प्रयोगकर्ताहरूको संख्या भने बढेको छ ।

त्यस्तै, २०७९ असारमा १ करोड ७६ लाख मात्र रहेका मोबाइल वालेट प्रयोगकर्ताको संख्या २०८० वैशाखमा २ करोड २६ लाख पुगेका छन् । यता मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या भने १ करोड ८३ लाखबाट २ करोड पुगेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै