PRABHU BANK

सूर्यज्योति लाइफको ३ लाख कित्ता सेयर बेचेर बाहिरिँदै एनआईसी एशिया बैंक

काठमाडौँ । एनआईसी एशिया बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले आफ्नो स्वामित्वमा रहेको सूर्यज्योति लाइफ इन्स्युरेन्स कम्पनीको ३ लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो ।

सूर्यज्योति लाइफमा ठूलो रकम संस्थापक सेयरधनी रहेको बैंकले सो बीमा कम्पनीको गतिविधि शंकास्पद लागेको भन्दै सेयर बिक्री गरेर बाहिरिन लागेको हो । सूर्यज्योतिको सेयर यसअघि नै बिक्री गर्ने प्रयास गर्दा पनि नसकेपछि पुन: बिक्री गर्न लागिएको बैंकले जनाएको छ ।

यो सेयर संस्थापक सेयरधनी, सर्वसाधारण, कम्पनी तथा सङ्घसंस्थाहरूले किन्न पाउनेछन् । प्रतिकित्ता २१० रुपैयाँ तोकिएको छ । यो सेयर खरिदका लागि आवेदन दिँदा घटीमा ५ हजार र बढीमा उल्लेखित सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

सेयर खरिद गर्न चाहनेले बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड, एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालयका साथै विराटनगर, आदर्शनगर, महेन्द्रपुल, श्रवणपथ, हस्पिटल लाइन र वीरेन्द्रनगर शाखा कार्यालयमा गोप्य सिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै