प्रभु बैंक लि. र ग्लोबल एकेडेमी अफ टुरिजम एण्ड हस्पिटालिटी एजुकेशनबीच शैक्षिक कर्जा प्रवाह गर्ने सम्बन्धि सम्झौता

Prabhu Bank
  • बैंकिङ संसार
काठमाडौं । प्रभु बैंक लि. र ग्लोबल एकेडेमी अफ टुरिजम एण्ड हस्पिटालिटी एजुकेशनबीच सम्झौता भएको छ। बैंकले भाद्र १६ गते बिहिबारका दिन काठमाडौं मण्डिकाटारस्थित ग्लोबल एकेडेमी अफ टुरिजम एण्ड हस्पिटालिटी एजुकेशनसंग ग्लोबल एकेडेमी अफ टुरिजम एण्ड हस्पिटालिटी एजुकेशनमा अध्ययन गर्ने विद्यार्थीहरुलाई उक्त सम्झौता गरेको हो ।
प्रभु बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र / GATE College का तर्फबाट प्रमुख कार्यकारी अधिकृत खेम राज लकाईले कलेजमा आयोजित एक कार्यक्रममा सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । प्रभु बैंक र गेट कलेजकाबीच बिहिबार सम्पन्न सम्झौता बमोजिम होटेल तथा पर्यटन विषय लिई उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई उक्त कलेजको सिफारिसमा प्रभु बैंकले आवश्यक प्रक्रिया पूरा गरी अधिकतम ५ लाख सम्मको शैक्षिक कर्जा सुविधा उपलब्ध गराउने भएको छ । यो शैक्षिक कर्जा सुविधा रकम सहुलियतपूर्ण ब्याजदरमा उपलब्ध हुनेछ।
शैक्षिक कर्जा सम्बन्धी यो सम्झौताले आर्थिक अभावले होटेल म्यानेजमेण्ट तथा पर्यटन जस्तो प्राविधिक विषयमा उच्च शिक्षा अध्ययन गर्न कठिनाई झेलिरहेका देशका क्षमतावान एवं जेहेन्दार विद्यार्थीहरुलाई उक्त कलेजमा भर्ना भई उच्च शिक्षा हासिल गर्न आर्थिक रुपमा सहयोग पुग्नेछ । यो सम्झौता पश्चात् उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरुले आर्थिक अभावमा उच्च शिक्षा हासिल गर्नबाट बन्चित हुनु पर्ने अवस्थाको अन्त्य हुने आशा गरिएको छ र यो सम्झौताले होटेल तथा पर्यटन क्षेत्रका लागि आवश्यक दक्ष एवं प्राविधिक जनशक्ति उत्पादन भई समग्र देश विकासमा योगदान पुग्ने बैंकले विश्वास लिएको छ ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्