PRABHU BANK

अवैध सुन तस्करीमा सजिलो पे लगायत दुई मोबाइल वालेट कम्पनी संलग्न- सीआइबीको अनुसन्धानबाट खुल्यो ‘गोलमाल’ रहस्य, राष्ट्र बैंकले गर्यो कारवाही !

काठमाडौँ ।  अवैध सुन तस्करीमा संलग्न रहेको भन्दै दुई मोबाइल वालेट कम्पनी कारवाहीमा परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले गरेको अनुसन्धानमा तस्करी सुनको भुक्तानी पे वालेट मार्फत गरेको पाइए पछि राष्ट्र बैंकले उक्त दुई कम्पनीलाई कारवाही गरेको  हो ।

कारवाही पर्नेमा पे वेल नेपाल र सजिलो पे वालेट कम्पनी रहेका छन् । सिआइबीका अनुसार हुन्डीका साथै क्रिप्टो कारोबारको भुक्तानीसमेत ती वालेटमार्फत भएको पाइएको छ ।

यस विषयमा सीआइबीले राष्ट्र बैंकलाई जानकारी गराए पछि राष्ट्र बैंकले सोमबार एक सूचना जारी गर्दै सुन तस्करीमा संलग्नता देखिएका दुवै कम्पनीको बैंक खाता अर्को निर्णय नभएसम्मका लागि रोक्का गरेको हो ।

सीआइबीले सुन तस्करी गर्ने ९ जनालाई पक्राउ गरी विस्तृत अनुसन्धान गर्ने क्रममा तस्करीको भुक्तानीमाथी अनुसन्धान गर्दा ती दुई कम्पनीको वालेट अभियुक्तहरूले बारम्बार प्रयोग गरेको र यसमा राष्ट्र बैंकको अनुपालनासमेत नगरेको पुष्टि भएको हो ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले सुन तस्करीमा उक्त दुई कम्पनीको संलग्नता देखिएपछि थप व्यक्ति नफसून् भनेर विस्तृत छानबिनका लागि खाता रोक्का गरिएको बताएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै