PRABHU BANK

४ वर्षका लागि राष्ट्रिय वाणिज्य बैंकको सीईओमा देवेन्द्र रमण खनाल नियुक्त

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकको सीईओमा देवेन्द्र रमण खनाल नियुक्त भएका छन् । चार्टर्ड एकाउन्टेन्ट समेत रहेका खनाललाई बैंकको सञ्चालक समितिको बैठकले आगामी ४ वर्षका लागि सीईओमा नियुक्त गरेको हो ।

वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठको कार्यकाल सकिएपछि रिक्त सीईओ पदका लागि २० जनाको आवेदन परेको थियो । सीईओ पदका लागि ५ जनाको नाम ‘सर्टलिस्ट’ मा परेको थियो ।

बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले ५ जना मध्ये देवेन्द्र रमण खनाल सीईओमा नियुक्त गरेको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै