PRABHU BANK

ग्लोबल आइएमई लघुवित्तको १२औं वार्षिकोत्सवमा विविध कार्यक्रमको आयोजना

काठमाडौँ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले विविध कार्यक्रम गरी स्थापनाको १२औं स्थापना दिवस बनाएको छ । कम्पनीले केन्द्रिय कार्यालय लगायत विभिन्न शाखाहरूमा विविध कार्यक्रम गरि ११औँ वार्षिकोत्सव मनाको हो । 

कम्पनीले केन्द्रीय कार्यालय विजयपुर, कास्की, शाखा कार्यालय सुक्रौली परासी र शाखा कार्यालय सिमराभवानिपुर, रौतहटमा गरी १ सय १० युनिट रक्त संकलन, शाखा कार्यालय थुम्सीकोटद्वारा क्व्होलासोथार गाउँपालिका ५ सिङ्दीमा यात्रु प्रतीक्षालय निमार्ण गरि हस्तान्तरण पनि गरेको छ ।

यस्तै, शाखा कार्यालय गलेश्वर, म्याग्दीद्धारा गलेश्वरधाम षष्ठ नागरिक आश्रममा ५५ जनालाई खाद्यान्न तथा फलफूल वितरण, शाखा कार्यालय यदुकुवा, धनुषामा वृहत निःशुल्क स्वस्थ शिविर कार्यक्रम आयोजना गरिएको पनि कम्पनीले जनाएको छ ।

कम्पनीको ५४ वटा जिल्लामा १२० वटा शाखा र १ लाख ५२ हजारभन्दा बढी सदस्यहरू रहेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै