काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्थामा ६ जना सञ्चालक निर्विरोध निर्वाचित भएका छन् । कम्पनीको १०औं वार्षिक साधारण सभाले ६ जना नयाँ सञ्चालकलाई निर्विरोध निर्वाचित गरेको हो ।
सभाबाट संस्थापक समूहतर्फबाट केशव प्रसाद आचार्य, रविन सिजापती, प्रदित कुमार रेग्मी र क्षितिज खड्का समेत गरि ४ जना सञ्चालकमा निर्वाचित भएका छन् भने सर्वसाधारण समूहतर्फवाट नरेन्द्र प्रसाद छत्कुली र रामकुमार तिमल्सिना निर्विरोध निर्वाचित भएका हुन् ।