PRABHU BANK

लक्ष्मी सनराइज बैंकले सार्यो हनुमान दास रोडको शाखा, अब पुष्पलाल चोकमा

काठमाडौँ। लक्ष्मी सनराइज बैंकले विराटनगरमा रहेका दुई शाखा बाध्य वक शाखा स्थानान्तरण गरेको छ । बैंकले विराटनगर महानगरपालिका- ७ मा रहेका दुई शाखा बाध्य एउटा शाखा सोही महानगर- ३ स्थित पुष्पलाल चोकमा स्थानान्तरण गरेको हो ।

बैंकले विराटनगरमा आफ्नो शाखा स्थानान्तरण मार्फत सेवा विस्तार गरेको छ । विराटनगर महानगरपालिका वडा न.७ स्थित हनुमान दास रोडमा रहेका २ शाखा मध्ये एउटा शाखा ५ कि.मि. उत्तरतर्फ सोही महानगरपालिकाको वडा न. ३ स्थित पुष्पलाल चोकमा स्थानान्तरण गरिएको छ ।

स्थानान्तरण गरिएको साविकको हनुमान दास रोडको शाखाका ग्राहकहरूले सोही ठाउँमा रहेको अर्को शाखा मार्फत सेवा लिन सक्ने बैंकले जनाएको छ ।

हाल लक्ष्मी सनराइ बैंकका ५९ जिल्लामा २५६ शाखा, ३१९ एटिएम, २८ एक्स्टेन्सन काउन्टर र १३० शाखारहित बैँकिङ्ग एजेन्ट रहेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै