PRABHU BANK

राष्ट्र बैंकले घटायो असल कर्जाको लागि राख्नुपर्ने कर्जा नोक्सानी व्यवस्था

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकहरुले असल कर्जाको लागि राख्नुपर्ने कर्जा नोक्सानी व्यवस्था घटाएको छ । बैंकले चालु आर्थिक वर्ष २०८०-८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासीक समीक्षा सार्वजनिक गर्दै असल कर्जाको लागि राख्नुपर्ने कर्जा नोक्सानी व्यवस्था घटाएको हो ।

बैंकहरुले असल कर्जाको लागि राख्नु पर्ने कर्जा नोक्सानी १.२० प्रतिशत राख्नुपर्नेछ ।

बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित असल वर्गमा वर्गीकरण भएका कर्जाहरुको लागि हाल १.२५ प्रतिशत कर्जा नोक्सानी राख्नुपर्ने व्यवस्था छ । राष्ट्र बैंकको अर्को परिपत्र आएपछि यस्तो व्यवस्था कार्यान्वयनमा आउनेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै