- बैंकिङ संसार
काठमाडौं । वोमी लघुवित्तले बोनस सेयर दिने घोषणा गरेको छ । कम्पनीले २० प्रतिशत बोनस सेयर दिने घोषणा गरेको हो । कम्पनीको कात्तिक २५ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट २० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पुँजी ४१ करोड १९ लाख ४४ हजार रुपैयाँको आधारमा २० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।