‘हस्ताक्षर गर्नुअघि कागजमा लेखिएका सर्तहरू नबुझेसम्म प्रश्न सोध्ने बानीको विकास गरौँ’:- राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ग्राहकहरूलाई हस्ताक्षर गर्नुअघि कागजमा लेखिएका सर्तहरू नबुझेसम्म प्रश्न सोध्ने बानीको विकास गर्नुपर्ने जनाएको छ । बैंकले मंगलबार एक सूचना जारी गर्दै यस्तो जनाएको हो ।

बैंकले वित्तीय सेवा लिनुअघि सर्तहरू पढ्ने र नबुझेमा सोध्ने बानीको विकास गर्नुपर्ने उल्लेख गरेको छ ।

राष्ट्र बैंकको सूचनामा भनिएको छ, ‘ग्राहकले वित्तीय सेवा लिँदा नबुझिएमा प्रश्न सोधी प्रस्ट हुने र हस्ताक्षर गरिएका कागजको एक प्रति आफूले सुरक्षित राख्नुपर्छ । ग्राहकसँग प्रश्न सोध्ने र सर्तहरू बुझ्ने अधिकार हुन्छ भने ग्राहकलाई सर्तहरू बुझाउने जिम्मेवारी वित्तीय सेवाप्रदायक हुन्छ, ग्राहकले सोधेका प्रश्नको सही र सरल जवाफ दिनु, ग्राहकको कारोबारसम्बन्धी पूर्ण सूचना र कागजात उपलब्ध गराउनु वित्तीय सेवाप्रदायक दायित्व हो ।’

नेपाल राष्ट्र बैंकले  सूचना नै जारी गरी ग्राहकहरूलाई भोलि पछुताउनुभन्दा हस्ताक्षर गर्नुअघि कागजमा लेखिएका सर्तहरू नबुझेसम्म प्रश्न सोध्ने बानीको विकास गर्नुपर्ने जनाएको हो । यस्तो छ सुचना:

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्