PRABHU BANK

मितेरी डेभलपमेन्ट बैंकको १४% लाभांश सुरक्षित गर्ने मंगलबार अन्तिम दिन

miteri development bank
  • बैंकिङ संसार
काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने मंगलबार पुस १३ गते अन्तिम दिन रहेको छ । बैंकले साधारणसभा तथा लाभांश वितरणका लागि पुस १४ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्दैछ ।
आज पुस १३ गतेसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गर्न सक्नेछन् । बैंकले पुस २८ गते सुनसरी उद्योग वाणिज्य संघ धरानमा बिहान ११ बजे १६औं वार्षिक सधारण सभा डाकेको छ ।
सभाले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई प्रस्ताव गरेको १३.३०% बोनस सेयर र कर प्रयोजनका लागि ०.७०% नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेश गर्दैछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै