PRABHU BANK

एनएमबि बैंकका ग्राहक तथा कर्मचारीहरुलाई हिमालय दृश्य होटेल, धुलिखेलमा विशेष छुट

nmb bank
  • बैंकिङ संसार
काठमाडौं । एनएमबि बैंक र हिमालय दृश्य होटेल, धुलिखेलबीच सम्झौता भएको छ । उक्त सम्झौता अनुसार खानामा १० प्रतिशत तथा आवास सुबिधामा २० प्रतिशत सम्म छुटको व्यवस्था गरिएको हो ।
सम्झौतापत्रमा एनएमबि बैंकका एरिया म्यानेजर निरन श्रेष्ठ र हिमालय दृश्यका एशोसिएट डाईरेक्टर सेल्स एण्ड मार्केटिङ बबिता पाण्डेले हस्ताक्षर गर्नुभएको छ ।
अत्याधुनिक बैँकिङ्ग सुबिधा, विद्युतीय भुक्तानी अभिबृद्धिका साथै अन्य अतिरिक्त सेवामा पनि सहजता मिलोस् भन्ने उद्देश्यले एनएमबि बैंकले छुटको लागी सहकार्य गरेको हो ।
बैंकले आफ्नो सेवाहरु वृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको छ । छुट सम्बन्धि थप जानकारी एनएमबि बैंकको वेवसाईट धधध।लmद।अयm।लउ को ल्ःद्य ख्ष्कब ऋबचम म्ष्कअयगलत सेक्सनमा गएर प्राप्त गर्न सकिनेछ ।
एनएमबि बैंकले हाल देशभरी २०१ शाखा, १३८ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै