PRABHU BANK

ग्लोबल आइएमई बैंक १६औँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रम आयोजना गरि मनायो वार्षिकोत्सव

global ime bank
  • बैंकिङ संसार
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड आइतबारदेखि आफ्नो स्थापनाको १६औँ वर्षमा प्रवेश गरेको छ । उक्त अवसरमा बैंकले १५ वर्षदेखि बैंकमा निरन्तर सेवारत ४९ कर्मचारीहरुलाई सम्मान गरेको छ ।
काठमाडौंको एभेष्ट होटेलमा आइतबार आयोजित विशेष कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकाललाई १५ वर्षे कोशेढुङ्गा पार गरेकोमा सम्मान गरेका छन् । यसका साथै अध्यक्ष ढकालले बैंकमा १५ वर्षदेखि निरन्तर सेवारत कर्मचारीहरुलाई सम्मान गरेका हुन् ।
बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले ग्लोबल आइएमई बैंकले उत्कृष्ट बैंकिङ सबैका लागि भन्ने नाराका साथ आफ्नो स्थापनाको १५ वर्षमा १८ वटा बैंक तथा वित्तीय संस्थाहरु मर्जर तथा एक्विजिशनमार्फत आफूलाई अधिकांश वित्तीय सूचकहरुमा अब्बल बनाउन सफल रहेको बताएका छन् ।
प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले बैंकले आफ्नो सेवालाई ग्राहक मैत्री बनाउँदै अहिलेको डिजिटल युगमा समय सापेक्ष सेवा दिने गरी आफ्नो लक्ष्य निर्धारण गरेर बैंक अगाडि बढेको बताए । हाल बैंकको ३३।७५ अर्ब रुपैयाँ शेयरधनीकोष, २७४ अर्ब रुपैयाँनिक्षेप संकलन र २६९ अर्ब रुपैयाँकर्जा लगानी रहेको छ ।
त्यस्तै, बैंकले ७६ जिल्लामा रहेका आफ्ना २८७ शाखा, २६३ शाखा रहित बैंकिङ सेवा, २५२ एटीएम, ४८ एक्स्टेन्सन काउन्टर र तीनवटा वैदेशिक सम्पर्क कार्यालय मार्फत उत्कृष्ट बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकमा ३,२०० भन्दा बढी कर्मचारी तथा २७ लाख भन्दाबढी ग्राहकहरु रहेका छन् ।
बैंकले आफ्नो स्थापनाको १५औं वर्षको अवसरमा मुलुकका सातवटै प्रदेशमा सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रमहरुको आयोजना गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै