PRABHU BANK

पछिल्लो ८ महिनामा मोबाइल बैंकिङ कारोबार ७८ प्रतिशतले बढ्यो

काठमाडौँ । पछिल्लो ८ महिनामा मोबाइल बैंकिङ कारोबार बढेको पाइएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांङक अनुसार पछिल्लो ८ महिनामा मोबाइल बैंकिङ कारोबार ७८ प्रतिशतले बढेको पाइएको हो ।

चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा मोबाइल बैंकिङमार्फत कूल २ खर्ब ९१ अर्ब ९५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुको सङ्या २ करोड ३७ लाख ८३ हजार पुगेको छ । अघिल्लो वर्षको असार मसान्तसम्म यसको सङ्ख्या १ करोड ८३ लाख ७ हजार रहेको थियो ।

त्यसैगरी समीक्षा अवधिमा १ करोड ८७ लाख ४९ हजार बराबरका इन्टरनेट बैंकिङ प्रयोगकर्ताहरूमार्फत १४ अर्ब ३३ करोड रुपैयाँ बराबरको कारोबार भएको बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै