PRABHU BANK

मेगा बैंकविरुद्धको रिटमा बिहीबारको सुनुवाई सकियो, यस्तो आयो आदेश

काठमाडौँ । मेगा बैंकविरुद्धको रिटमा अदालतको अन्तरिम आदेशलाई नै निरन्तरता दिने भएको छ । संचालकहरुको योग्यतामाथि प्रश्न उठाउँदै प्राध्यापक डाक्टर ताराप्रसाद सापकोटाले हालेको रिटको सुनुवाई गर्दै सर्वोच्च अदालतले अन्तरिम आदेशलाई नै निरन्तता दिने भएको  हो ।

अदालतले यसअघि निर्वाचन प्रक्रिया अगाडी नबढाउन निर्देशन दिएसँगै बैंकको संचालक समितिको निर्वाचन रोकिएको थियो । अदालतको आदेशसँगै तत्काल निर्वाचन हुने सम्भावना सकिएको छ ।

न्यायाधीशद्वय डा.श्री आनन्दमोहन भट्टराई र सुनिल कुमार पोखरेलको संयुक्त इजलाशले अन्तरिम आदेशले नै निरन्तरता पाउने आदेश दिएको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै