PRABHU BANK

सिटिजन्स बैंकले गर्यो पोखरामा प्रिभिलेज काउन्टरको विस्तार

citizens bank

  • बैंकिङ संसार
काठमाडौं । सिटिजन्स बैंकले पोखरामा प्रिभिलेज काउन्टरको विस्तार गरेको छ । बैंकले ग्राहकहरूलाई छिटो छरितो, झन्झटमुक्त र विशिष्टीकृत सेवाहरु प्रदान गर्ने उद्देश्यले गण्डकी प्रदेशको सिमलचौर (पोखरा) शाखामा प्रिभिलेज काउन्टर विस्तार गरेको हो ।
यस अघि बैंकले प्रधान कार्यालय नारायणहिटी पथ तथा कमलादी, लुम्बिनी प्रदेशको कालिकानगर शाखामा, प्रदेश नंं .१ को विराटनगर र बिर्तामोड शाखामा र प्रदेश नंं।२ को राजविराज शाखामा रहेको प्रिभिलेज काउन्टरबाट आफ्ना ग्राहकहरूलाई विशेष बैंकिङ सेवा प्रदान गर्दे आईरहेको थियो ।
साथै आगामी दिनमा अन्य प्रदेशहरुमा समेत यस्ता थप विशेष बैंकिङ्ग सेवाहरु प्रदान गर्ने योजना रहेको बैंकले जनाएको छ । सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी फैलिएका आफ्ना १७४ वटा शाखा, १२३ वटा ए.टि.एम.र ९० वटा शाखा रहित बैंकिङ ईकाईहरुबाट ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै