PRABHU BANK

राष्ट्रिय वाणिज्य बैंकको १६औं वार्षिक साधारणसभा सम्पन्न, ३३ प्रतिशत लाभांश पारित

rastriya banijya bank

  • बैंकिङ संसार
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको १६औं वार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको छ ।
साधारणसभाले ३३ प्रतिशत (लाभांश नगद ३% र बोनस सेयर ३०%) सहितको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन र विभिन्न प्रस्तावहरु पारित गरेको छ ।
सभाले चुक्ता पुँजीको ३ प्रतिशतका दरले हुन आउने २७ करोड ५५ लाख रुपैंया नगद र ३० प्रतिशतले हुन आउने दुई अर्ब २७ करोड रुपैंया बराबरको बोनस सेयर शेयरधनीहरुलाई प्रदान गर्ने निर्णय पारित गरेको छ ।
यसपछी बैंकको कूल चुक्ता पुँजी १३ अर्ब ९४ करोड रुपैंया हुनेछ । साथै, सभाले बैंकको अधिकृत पुँजी ३० अर्ब रुपैंया कायम गर्ने प्रस्ताव पारित गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै