PRABHU BANK

महालक्ष्मी विकास बैंक र मोडर्न रेमिटान्सबीच सम्झौता, यस्ता सुविधा पाउन सकिने!

mahalaxmi-bikas-bank
  • बैंकिङ संसार
काठमाडौं । ग्राहकहरुलाई सरल,सहज र गुणस्तरीय सेवाप्रदानगर्दै आईरहेको महालक्ष्मी विकास बैंकले ग्राहकहरुलाई रेमिटान्स सम्बन्धि थप सुविधा प्रदान गर्ने उद्देश्यले मोडर्न रेमिटान्स प्रालिसँग सम्झौता गरेको छ ।
बैंकको प्रधान कार्यालय दरबारमार्गमा आयोजित एक विशेष कार्यक्रमकाबीच उक्त सम्झौता पत्रमा बैंककातर्फबाट प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा र मोडर्न रेमिटान्स प्रालिकातर्फबाट प्रमुख कार्यकारी अधिकृत साधुराम खड्काले हस्ताक्षर गरेका छन् ।
यस सम्झौतापश्चात ग्राहकहरुले विश्वका विभिन्न स्थानहरुबाट नेपालभित्र बैंकिङ च्यानलमार्फत आएको रकम तथा नेपाल भित्रका विभिन्न स्थानहरुमा रकमान्तरका लागि देशैभर छरिएर रहेका महालक्ष्मी विकास बैंकका १०३ वटा शाखाहरुमार्फत सेवा प्राप्त गर्न सक्नेछन् ।
अब महालक्ष्मी विकास बैंकका ग्राहकहरुले संसारको कुनै पनि स्थानबाट मोडर्न रेमिटान्समार्फत सोझै खातामा रकम जम्मा गर्न सक्नेछन् । बैकले हालसम्म २७ वटा रेमिट कम्पनीहरुसँग सम्झौता गरी ग्राहकहरुलाई छिटो, छरितो, भरपर्दो र सर्वसुलभ तरिकाबाट रेमिटान्स सुविधा प्रदान गर्दै आईरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै