PRABHU BANK

इन्फिनिटी लघुवित्त संस्थाको पाँचौे वार्षिक साधारणसभा सम्पन्न

infinity laghubitta bittiya sanstha
  • बैंकिङ संसार
काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको पाँचौ वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाको अध्यक्ष खेमराज नेपालको अध्यक्षतामा केन्द्रीय कार्यालय गैंडाकोट, नवलपरासी (ब.सु.पु)मा २०७८ पौष २७गते सम्पन्न भएको हो ।
उक्त साधारणसभामा कम्पनी सचिव तथा प्रमुखकार्यकारी अधिकृत प्रवीणकुमार लामाले भौतिक र भर्चुअल माध्यमद्धारा उपस्थित सञ्चालक, अतिथि र सम्पूर्ण शेयरधनीहरुलाई स्वागत गरेका थिए ।
साधारणसभाले मुख्यतया आर्थिक वर्ष २०७७/७८ सम्मको मुनाफाबाट चुक्तापुँजी ३२,४६,०३,४७२ को २७.७० प्रतिशत बोनस शेयर, १.४६ प्रतिशतले नगद लाभांश (बोनश शेयर लाभांशमा लाग्ने कर प्रयोजनको लागि)पारित गरेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै