PRABHU BANK

सिटिजन्स बैंकद्धारा जनकपुरमा सुविधा सम्पन्न भवनबाट बैंकिङ सेवा संञ्चालनमा

citizens bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाली जनताको घरदैलोमा अनवरत रूपले बैंकिङ सेवा पुर्याउदैै आएको यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले विद्यापतीचोक ,जनकपुरमा आफ्नै सुविधा सम्पन्न भवन संचालनमा ल्याएको छ । सोमबार उक्त भवनमा पूजा पाठ गरी बैकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले उद्घाटन गरेका छन् ।
करिव ३७६७ वर्ग फीटमा फैलिएको उक्तशाखाको उद्घघाटन समारोहमा स्थानिय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघसंस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो । हाल धनुषा जिल्ला, जनकपुर उपमहानगरपालिका वडा नं. ४ मा संचालनमा रहेको विद्यापतीचोक शाखा अब हालको भवनबाट करिब ३०० मिटरको दूरीमा रहेको बैंकको आफ्नै भवनमा स्थानान्त्ररण भएको छ ।
सुविधा सम्पन्न यस शाखाबाट ग्राहकहरूलाई प्राथमिकतामा राख्दै एचष्खष्भिनभ काउन्टरसमेत सुरुवात गरेको छ । साथै यस शाखामार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरट व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य बैंकले राखेको छ ।
सुविधाजनक बचत खातायोजना, मुद्दती निक्षेप योजना, लकर सेवा, एटिएम सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लगायतकावित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले जनाएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १७४ वटा शाखा, १२३ वटा ए।टि।एम। र ९० वटा शाखा रहित बैंकिङ ईकाईहरुबाट करिव १३ लाखग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ । कोरोना भाइरसको महामारीबाट सम्पूर्ण विश्वनै आक्रान्त बनेको अवस्थामा यस बैंकले नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै सावधानीपूर्वक आफ्ना ग्राहकहरुको वित्तीय आवश्यकताहरु डिजिटली प्रदान गरिरहेको छ ।
यसलाई मूर्त रुप प्रदानगर्न बैंकले चेकको प्रयोग नगरी आफ्नो मोबाइल बैंकिङएपमा लग–ईन गरेर काउन्टरमाभएको क्यू आर कोड स्क्यान गरी खाताबाट रकम झिक्न क्अबल ७ ध्ष्तजमचबध सेवा, मोबाइल बैंकिङको पिन नं बिर्सेमा बैंकको शाखामा गएर निवेदन दिने झन्झट बाट मुक्त हुन घरबाटै पिन रिसेट गर्न सकिने जस्ता सेवाहरुको थालनि गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै