PRABHU BANK

राष्ट्रिय वाणिज्य बैंकको ५७औं वार्षिकोत्सव सम्पन्न, उत्पादनमूलक क्षेत्रमा लगानी गर्न आग्रह

rastriya banijya bank
  • बैंकिङ संसार
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५७औं वार्षिकोत्सव समारोह अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरको प्रमुख आथित्यतामा कोभिड–१९ का कारण भर्चुअल माध्यमबाट सोमबार सम्पन्न भएको छ ।
कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले वित्तीय व्यवस्थापन आफैमा चुनौतीपूर्ण भएतापनि राष्ट्रिय वाणिज्य बैंकले चुनौतीको सामना गरी व्यवसायीक रुपमा अगाडी बढिरहेको बताए ।
उनले बैंक तथा वित्तीय संस्थाहरुले उत्पादनमूलक क्षेत्रमा लगानी गरी राष्ट्र निर्माणमा थप योगदान गर्नुुपर्ने बताए । उनले बैंकले आगामी दिनमा प्रविधिको मार्फत दिइने बैंकिङ सेवाले ग्राहकको आकांक्षा बमोजिम ग्राहकमैत्री सेवाको लागि थप कार्य गर्नुपर्ने बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै