PRABHU BANK

हिमालयन बैंकको नाफा १३.८०% ले बढ्यो, अन्य सुचक कस्तो ?

himalayan-bank
  • बैंकिङ संसार
काठमाडौं । हिमालयन बैंकको खुद नाफा १३.८०% ले बढेको छ ।
बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै बैंकले खुद नाफा १३.८०% ले बढेर ७४ करोड ३४ लाख ५० हजार रुपैयाँ पुगेको जनाएको हो । गत वर्षको यसैअवधिमा भने ६५ करोड ३२ लाख ६७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः ८.९१% र ७.६६% ले बढेको छ । हाल बैंकको चुक्ता पूँजी १२ अर्ब ९६ करोड ८७ लाख रुपैयाँ रहेको छ । रिजर्भ कोषमा ९.८५% वृद्धि हुँदै ७ अर्ब १५ करोड १२ लाख रुपैयाँ जम्मा भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै