PRABHU BANK

ग्रीन डेभलपमेन्ट बैंकको खुद नाफा ३८.६९% ले घट्यो, अन्य सुचक कस्ता ?

green development bank
  • बैंकिङ संसार
काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा खुद नाफा घटेको छ । यसअवधिमा बैंकको खुद नाफा ३८.६९% ले घटेको हो ।
कम्पनीले खुद नाफा ३८.६९% ले घटेर १८ लाख रुपैयाँमा सीमित भएको छ । गत वर्ष यसैअवधिमा यसले २९ लाख ४४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको खुद ब्याज आम्दानी भने ४४.७७% ले बढ्दा सञ्चालन नाफा भने ५०.४७% ले घटेको छ ।
गत वर्ष ५२ लाख रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको यसको यो त्रैमासमा घटेर २५ लाख रुपैयाँमा झरेको छ । पुस मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ७ पैसा मात्र रहेको ग्रीन डेभलपमेन्टको प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ ५२ पैसा छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै