prabhu

नेप्से परिसूचक ३६.१९ अंकले घट्यो

nepse
बैंकिङ संसार
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको दिन आइतबार उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सोमबार र मङ्गलबार भने घटेको छ । सोमबार २६ अङ्कले घटेको नेप्से परिसूचक आज ३६.१९ अङ्कले ओरालो लागेर २१६४.३१ विन्दुमा सीमित भएको छ ।
मंगलबार विभिन्न कम्पनी दुई सय ६७ वटा कम्पनीका ७७ लाख १६ हजार दुई सय ७७ कित्ता शेयर ५३ हजार पाँच सय ७० पटक खरिदबिक्री हुँदा रु दुई अर्ब ९१ करोड सात लाख ३२ हजार चार सय १८ बराबरको कारोबार भएको छ ।
मंगलबार होटल तथा पर्यटन समूहको उपसूचक ७२ दशमलव ३० अङ्कले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै जीवन बीमा समूह एक सय ७६ दशमलव ४४ र निर्जीवन बीमा समूह एक सय ११ दशमलव १८ अङ्कले घटेको छ ।
त्यस्तै, बैंकिङ ३७ दशमलव २४, विकास बैंक ८६ दशमलव १३, वित्त ३६ दशमलव ५२, जलविद्युत् २६ दशमलव ६३ र लगानी समूह एक दशमलव ०२ अङ्कले घटेको छ । उत्पादन तथा प्रशोधन समूह १३ दशमलव ३४, लघुवित्त ३६ दशमलव ४९, म्युचुअल फन्ड शून्य दशमलव १०, व्यापार तीन दशमलव ८७ र अन्य समूह २७ दशमलव ९९ अङ्कले घटेको छ ।
मंगलबार किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने नबिल डिबेन्चर–२०८५ को मूल्य ६ दशमलव ८७ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा सबैभन्दा धेरै सोल्टी होटल लिमिटेडको रु १५ करोड २७ लाख ७९ हजार ७४ बराबरको शेयर कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै कुमारी बैंक लिमिटेडको चार लाख १८ हजार दुइ सय आठ कित्ता शेयर किनबेच भएको छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै