PRABHU BANK

एनसीसी बैंकको ७ लाख ५९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

ncc bank
  • बैंकिङ संसार
काठमाडौं । एनसीसी बैंकले ७ लाख ५९ हजार कित्ता संस्थापक सेयर आइतबारदेखि बिक्रीमा ल्याएको छ ।
संस्थापक सेयरधनी कोषराज वन्तले ३ लाख ८ हजार, बोध प्रसाद त्रिपाठीले १ लाख ८ हजार, मेनका लामाले १ लाख ४ हजार १०६, दिपक लामाले, ९५ हजार ७६७ र कैलाश प्रतीन्द्र अमात्यले ८७ हजार ३३५ कित्ता बिक्रीमा ल्याएका हुन् ।
यस्तै अम्बर बहादुर तामाङले ४१ हजार ४३, गिरीराज शर्मा संग्रौलाले १४ हजार २१ र पवन सिंह भन्डारीले १ हजार कित्ता बिक्रीमा ल्याएका हुन् । 
सो सेयरमा बैंककै संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापकले ३५ दिन भित्र एनसीसी बैंकको बागबजार काठमाडौंमा रहेको सेयर बिभाग कार्यालयमा निवेदन दिनुपर्नेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै