National

सिभिल लघुवित्तको खुद नाफा ३६.८७% ले बृद्धि, अन्य सुचकको अवस्था कस्तो ?

civil laghubitta bittiya sanstha
  • बैंकिङ संसार
काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा खुद नाफा ३६.८७% ले बढेर ३ करोड ७५ लाख ३३ हजार रुपैयाँ पुगेको छ ।
अघिल्लो वर्षको यसैअवधिमा यसले २ करोड ७४ लाख २२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । एक वर्षको अवधिमा संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढेको छ ।
यस्तै, खुद ब्याज आम्दानी ६७.६१% ले बढेर ११ करोड ८४ लाख ५५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसैअवधिमा यसले ७ करोड ६ लाख ७४ हजार रुपैयाँ खुद ब्याज आम्दानी कमाएको थियो । प्रतिसेयर आम्दानी २६ रुपैयाँ ०५ पैसा र प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ ३६ पैसा छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै