PRABHU BANK

मेरो माइक्रोफाइनान्सको सूचकहरुमा आकर्षक वृद्धि, कमायो २६ करोड ६५ लाख ६२ हजार रुपैयाँ नाफा

mero microfinance
  • बैंकिङ संसार
काठमाडौं । मेरो माइक्रोफाइनान्सकोे पुस मसान्तसम्म आइपुग्दा समग्र वित्तीय विवरणका परिसूचकहरूमा आकर्षक वृद्धि गरेको छ । यसअवधिमा कम्पनीको खुद नाफा ८९.४१% ले बढेर २६ करोड ६५ लाख ६२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १४ करोड ७ लाख ३२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
खुद ब्याज आम्दानी ८८.७१% ले बढेर ५७ करोड १० लाख ४७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ३० करोड २६ लाख १३ हजार रुपैयाँ खुद ब्याज आम्दानी कमाएको थियो ।
सञ्चालन नाफा ९९.५०% ले बढेर ३३ करोड १७ लाख २८ हजार रुपैयाँ पुगेको छ । प्रतिसेयर आम्दानी ४४ रुपैयाँ ४३ पैसा र प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ ०९ पैसा छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै