PRABHU BANK

आँधिखोला लघुवित्तको नाफा ३६.६९% ले बढ्यो, अन्य सुचकको अवस्था कस्तो ?

aadhikhola laghubitta bittiya sanstha
  • बैंकिङ संसार
काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २ करोड ४६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा ३६.६९% धेरै हो । गत वर्ष यस कम्पनीले १ करोड ८० लाख रुपैयाँ नाफा कमाएको थियो ।
यसको खुद ब्याज आम्दानी पनि १५.१५% ले बढेको छ । गत वर्ष ३ करोड ४६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको कम्पनीले यो त्रैमासमा बढाएर ३ करोड ९९ लाख रुपैयाँ पुर्याएको छ ।
यस्तै, कम्पनीको सञ्चालन नाफा भने ५.५३% ले घटेर २ करोड १४ लाख रुपैयाँ कायम भएको छ । गत वर्ष यसले २ करोड २६ लाख रुपैयाँ सञ्चालन नाफा गरेको थियो । हाल यसको चुक्ता पुँजी १० करोड रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा ८ करोड ५३ लाख रहेको छ ।
यसको प्रतिसेयर आम्दानी ४९ रुपैयाँ २६ पैसा (बार्षिक) रहेको छ भने प्रतिसेयर नेटवर्थ १८५ रुपैयाँ ३५ पैसा छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै