prabhu

ग्रीन डेभलपमेण्ट बैंकले गर्यो दमौलीमा नयाँ शाखा विस्तार

green development bank

  • बैंकिङ संसार

काठमाडौं । ग्रीन डेभलपमेण्ट बैंकले वुधबार तनहूँको व्यास नगरपालिका २, सफासडक, दमौलीमा शाखा कार्यालय विस्तार गरि सञ्चालनमा ल्याएको छ । उक्त शाखा कार्यालयको सुभारम्भ बैंकका अध्यक्ष गणेश कुमार श्रेष्ठले गरेका थिए । उक्त शाखा शुभारम्भ कार्यक्रममा बोल्दै बैंकका अध्यक्ष गणेश कुमार श्रेष्ठले स्थानिय स्तरवाट स्थापित बैंक गण्डकी प्रदेशको एक मात्र स्थानिय बैंक भएको बताए ।

यस्तै, सोही कार्यक्रममा वोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत उमेश कुमार आचार्यले वैंकले विभिन्न किसिमका आधुनिक बैंकिङ सुविधा प्रदान गर्नुका साथै स्थानिय स्तरमै सञ्चालित उद्यमशिलतासँग सम्वन्धीत तथा अन्य उत्पादनशिल क्षेत्रलाई प्राथमिकतामा राखी विभिन्न कर्जा उपलब्ध गराउदैं आएको बताए ।

बैंकले हाल कास्की, वाग्लुङ्ग, म्याग्दी र नवलपुर जिल्लामा रहेका १५ वटा शाखा कार्यालयहरुवाट विभिन्न किसीमका आधुनिक बैंकिङ्ग सुविधाहरु, मोवाईल बैंकिङ, निःशुल्क एटिएम सेवा, आईपिएस, सि–आस्वा जस्ता सुविधाका साथ साथै वचत तथा मुद्यती खातामा आकर्षक ब्याजदर प्रदान गर्दै आएको छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै