PRABHU BANK

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको दोस्रो त्रैमासमा खुद नाफा बढ्यो, अन्य सूचक अवस्था कस्तो छ ?

Swabalamban Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको वित्तीय विवरण सार्वजनिक भएको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको हो । कम्पनीले चालु आर्थिक वर्षमा खुद नाफा २७.४२ प्रतिशतले बढेको छ । कम्पनीले वित्तीय विवरण सार्वजनिक गर्दै नाफा २७.४२ प्रतिशतले बढेर २३ करोड ५१ लाख १६ हजार रुपैयाँ पुगेको जनाएको हो । अघिल्लो वर्षको यसै अवधिमा यस कम्पनीले १८ करोड ४५ लाख २६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
पुस मसान्तसम्ममा कम्पनीको खुद ब्याज आम्दानी २०.६६ प्रतिशतले बढेर ७६ करोड ६२ लाख ४७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ६३ करोड ५० लाख ३० हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यस्तै सञ्चालन नाफा ०.३१ प्रतिशतले बढेर २९ करोड ३८ लाख ११ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा संस्थाले २९ करोड २९ लाख १ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको थियो । पुस मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ४१ रुपैयाँ ९० पैसा र प्रतिसेयर नेटवर्थ २६० रुपैयाँ ४४ पैसा छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै