PRABHU BANK

सिटिजन्स बैंकको ९२औँ शाखारहित बैंकिङ सेवा पुर्व रुकुममा, अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्य

Citizens Bank
  • बैंकिङ संसार
काठमाडौं । सिटिजन्स बैंकले नयाँ शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । बैंकले ९२औँ शाखारहित बैंकिङ सेवा सिटिजन्स बैंकले पुर्व रुकुम जिल्लाको भुमे गाउँपालिकाको महतमा ९२औँ शाखारहित बैंकिङ सेवा सुरु गरेको छ ।
बैंकले दुर्गम स्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ उक्त शाखारहित बैंकिङ सेवा सुरु गरेको जनाएको छ । सो स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसायी धन बहादुर वलीलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।
यस शाखारहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी गर्न सक्नेछन् । बैंकले १७४ वटा शाखा, १२३ वटा एटिएम र ९२ वटा शाखारहित बैंकिङ ईकाईहरुबाट करिव १३ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै