National

ग्रामीण विकास लघुवित्त वित्तिय संस्थाको वार्षिक साधारणसभा फागुन २८ गते हुने

grameen bikas laghubitta
  • बैंकिङ संसार
काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तिय संस्थाको वार्षिक साधारणसभा फागुन २८ गते हुने भएको छ । सभा ग्रामीण विकास लघुवित्तको केन्द्रीय कार्यालय बुटवलमा भर्चुअल माध्यमबाट बिहान ११ बजे सुरु हुने भएको हो ।२०७७/७८ को नाफा नोक्सान हिसाबकिताब सम्बन्धमा छलफल गरी पारित गर्ने एजेन्डा पनि रहेको छ ।
सभाले २०७८/७९ को लागि लेखा परीक्षकको नियुक्ति र पारिश्रमिक तोक्नेछ भने कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहनेछ । सभाका लागि कम्पनीले फागुन १७ गतेदेखि फागुन २८ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।

सारांश

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै