PRABHU BANK

२५ प्रतिशतभन्दा बढी ‘सक्रिय नागरिक’ एनआईसी एशिया बैंकका ग्राहक, देशभर ग्राहकको संख्या बढ्ने क्रम जारी

Nic Asia Bankकाठमाडौँ। केन्द्रीय तथ्यांक विभागको १२औँ राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजा अनुसार नेपालको जनसंख्या दुई करोड ९१ लाख ९२ हजार ४८० रहेको छ । विभागले नतिजा सार्वजनिक गरेसगैं कुल जनसंख्याको ठुलो हिस्सा बैंकिङसँग जोडिएको तथ्यसमेत भेटिएको छ । जसमा भर्खर जन्मेका केटाकेटीदेखि वृद्धबृद्धाहरु पनि छन् । यो जनसंख्यामा स्कुले केटाकेटीहरुको संख्या पनि ठुलो छ, जसको धेरै संख्यामा बैंक खाता छैन भने थोरै मात्रमा स्कुले केटाकेटीहरुको बैंक खाता रहेको तथ्य देखिन्छ । यो जनसंख्या को तथ्यांकमा बृद्धभत्ता लिन उमेर नपुगेका र सोहि कारण बैंक खाता नखोलेकाहरुको ठुलो संख्या पनि छ ।
केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको नतिजा अनुसार गएको १० वर्षको तुलनामा नेपालको जनसंख्या २६ लाख ९७ हजार ९७६ ले बढी हो । १० वर्षमा नेपालको जनसंख्या १०.१८ प्रतिशतले बढेको देखिन्छ । गएको १० वर्षको सरदर वार्षिक वृद्धिदर ०.९३ प्रतिशत देखिएको छ । यता एनआईसी एशिया बैंकको ग्राहकको तथ्यांक हेर्ने हो भने बैंकमा २९ लाख १८ हजार भन्दा बढी निक्षेप खाता छन् । ९४ हजार भन्दा बढी कर्जा खाता रहेको बैंकमा कुल ३० लाख २७ हजार भन्दा बढी खाताहरु छन् । कर्जा खाता हुनेहरुमध्ये अधिकांसको बचत खाता हुन्छ भन्ने तथ्यलाई आधार बनाएर हेर्दा पनि कुल जनसंख्याको ठुलो हिस्सा एनआइसी एशिया बैंकसँग कुनै न कुनै रुपमा जोडिएको प्रष्ट हुन्छ ।
केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको जनसंख्यामा नेपालको कुल जनसंख्या दुई करोड ९१ लाख ९२ हजार ४८० रहेको छ । जसमा एनआईसी एशिया बैंकका ग्राहक संख्याको ठाडो हिसाब गर्दा ग्राहको संख्या ३० लाख बढी छ । बचत खाता नै हेर्ने हो भने एनआईसी एशियाको ग्राहक खाता संख्या २५ लाख बढी छ । जनसंख्याको विवरण केलाएर हेर्ने हो भने कमाउने व्यक्ति, वा जागिर खाने व्यक्ति, वा कुनै इलाम गर्ने व्यक्तिको सक्रिय संख्या झन्डै १ करोड छ । बैंकको ग्राहक संख्यामा बृद्धबृद्धाहरुको र बालबालिकाको खातासमेत बैंकमा प्रश्शत पाउँन सकिन्छ । तर बैंकमा रहेको बालबालिकाको खाता संख्यालाई घटाउने हो र त्यसलाई जनसंख्यासँग तुलना गर्ने हो भने पनि सक्रिय जनसंख्याको झन्डै २५ प्रतिशत हिस्साका नागरिकले एनआईसी एशिया बैंकमा खाता खोलेको पाईन्छ ।
दर्जनौं ठाउँहरुमा एनआईसी एशियाको ग्राहक हिस्सा ८० प्रतिशत माथि रहेको छ । देशमा यस्ता ठाउँहरु पनि छन्, जहाँ एनआइसी एशिया बैंकमात्र पुगेको छ । देशमा त्यस्ता ठाउँहरु पनि छन्, जहाँ एनआईसी एशिया लगायतका केहि बैंकहरु पुगेका पनि छन्, तर कुल बैंकिङ हिस्साको ८० प्रतिशतभन्दा माथि एनआईसी एशियाले ओगटेको छ । केन्द्रीय तथ्यांक विभागले कुन ठाउँमा कुन नागरिकले कुन बैंकमा खाता खोलेको छ भन्ने तथ्यको संकलन नगरेपनि बैंक खाता छ कि छैन भन्ने तथ्य संकलन भने गरेको पाईन्छ । विभागको सो तथ्यांक हेर्ने हो भने पनि १८ बर्षभन्दा माथिका नागरिकमध्ये ठुलो संख्या बैंकिङ पहुँचमा पुगेको छ ।
बृद्धबृद्धाहरुले सामाजिक सुरक्षा भत्ताका लागि बैंक खाता खोलेका छन् भने कलेज पढ्ने विद्यार्थीहरुले घरबाट पैसा पठाउने प्रयोजनका लागि खाता खोल्नुको साथै अहिले त शैक्षिक संस्थामा समेत बैंकिङ सेवा सुचारु गरे सगैं प्रत्येक बिद्यार्थीले अनुर्वाय खाता खोलेका छन् । जागिरे जनताको त बैंक खाता नहुने भन्ने नै भएन । व्यापार व्यवसाय गर्नेहरुको त झन् एकै जनाको २|३ वटा बैंक खाता नहुने कुरै भएन । यसरि हेर्दा बैंक खाताको पहुँचमा सबै भन्दा बढी कमाउने जनता, भत्ता लिने बृद्धवृद्धा र बिद्यालयमा फि तिर्ने विद्यार्थी देखि लिएर व्यापार व्यवसायमा संलग्न ग्राहकहरु समेत छन् । यो सक्रिय जनसंख्या कति छ भन्ने एकिन तथ्यांक विभागले सार्वजनिक नगरे पनि झन्डै १ करोडको हाराहारीमा यस्तो कमाउने जनसंख्या छ भन्ने बुझ्न खासै गाह्रो छैन । धेरैले एक भन्दा बढी बैंकमा पनि खाता खोलेका हुन्छन् । अझ कतिपयले त आधा दर्जन बैंकमै खाता खोलेका हुन्छन् । तर एनआईसी एशिया बैंकको तथ्यांकलाई समेत तुलना गरेर हेर्दाचाहिं बैंक खाता हुने सक्रिय जनसंख्याको झन्डै २५ प्रतिशत नागरिक एनआइसी एशियाका ग्राहक रहेको देखिन्छ ।
एनआइसी एशिया बैंक शहरमा त यसै प्रतिष्पर्धा, गाउँ बस्तीमा त झन एनआइसी एशिया लिडरको रुपमा रहेको देख्न सक्छौ । एनआइसी एशिया बैंकको शाखा संजाल र एटिएम बुथहरुको संख्या हेर्ने हो भने त शहरहरुमा त ग्राहकले आफ्नै टोलमा एनआईसी एशिया बैंक पाउने गरेका छन् । घरनजिकै भएकै कारणले पनि धेरैले एनआईसी एशियाको सेवा लिने गरेका छन् । एटिएम बुथमा गएर सेवा लिनुपर्यो भने पनि सबैभन्दा नजिकै बुथ एनआईसी एशियाकै हुने हुनाले पनि नागरिकहरु यो बैंकप्रति आकर्षित भएका छन् । अझ पछिल्लो समय सार्वजनिक भएको सर्वश्रेष्ठ बचत खातामा त एटिएमबाट पैसा निकाल्दा कुनै पनि पैसा नलाग्ने र त्यसमा पनि अन्य बैंकको एटिएमबाट पनि पैसा निकाल्दासमेत अतिरिक्त पैसा नलाग्ने हुँदा ग्राहकहरु एनआइसी एशिया नै रोजिरहेका छन् । र त शहरमा सबैजसो नागरिकहरु एनआईसी एशियामा एउटा खाताचाहिं हुनुपर्छ भन्ने तथ्यमा पुगेका छन् । अझ सेयर बजारमा लगानी गर्नेहरुका लागि त एनआईसी एशियाले डिम्याट खाता र मेरो सेयरको नवीकरण शुल्क पनि निशुल्क गरिदिएकाले ग्राहकका लागि यो बैंक फाइदाजनक हुँदै गर्दा ग्राहकहरु यो बैंकतर्फ आकर्षित भएका छन् ।
अझ गाउँबस्तीमा त एनआईसी एशिया बैंक धेरै ठाउँमा लिडर बन्न सफल भएको छ । केन्द्रीय तथ्यांक विभागकै जनगणनाको नतिजा हेर्ने हो भने पनि कतिपय ठाउँमा नागरिकको बसोबास धेरै कम छ । र सो कम जनसंख्या भएका ठाउँमध्ये कतिपय ठाउँमा एनआईसी एशियामात्र बैंक पुगेको छ । यसरि हेर्दा सो ठाउँहरुमा बैंकिङ पहुँचमा पुग्ने ग्राहकमध्ये ठुलो हिस्सा एनआईसी एशियाका ग्राहक छन् र त एनआईसी एशियाले बिकट बस्तीहरुदेखि सुगम ठाउँहरुमा पनि लिडर भएर ग्राहकहरुलाई सेवा सुविधा दिइरहेको छ ।
नेपालमा रहेको सातै प्रदेशमा एनआईसी एशिया बैंकको ग्राहकको संख्यादर दिनानुदिन बढीरहेको छ । पछिल्लो तथ्यांक हेर्ने हो भने केन्द्रीय तथ्यांक विभागले जनगणना सुरु गरेदेखि आजको दिनसम्म आइपुग्दा पनि एनआईसी एशिया बैंकको ग्राहक संख्यामा उल्लेखनीय वृद्धि देखिएको पाईन्छ । प्रदेश नम्बर १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशमा बैंकका ग्राहकहरुको वृद्धिको ग्राफ ठुलै छ । यसले पनि सक्रिय जनसंख्याको ठुलो हिस्सा अझै एनआईसी एशियाको ग्राहक बनिरहेको छ भन्ने तथ्यलाई पुष्टी गर्छ । अहिले धेरै नागरिकहरु बैंकिङ पहुँचमा पुग्ने क्रमसमेत जारी छ । ठुलो संख्यामा विद्यार्थीहरु सेयर बजारमा लागिरहेका छन्, जसका अलागी पनि बैंक खाता खोल्ने क्रम जारी छ । एनआईसी एशिया बैंकले ल्याएको सर्वश्रेष्ठ बचत खाताले दिएका सुविधाहरु हेरेर नयाँ ग्राहकहरु एनआईसी एशियातर्फ नै आकर्षित भएको देखिन्छ । त्यसैले पनि केहि समयभित्र थप सक्रिय जनसंख्याको ठुलो हिस्सा एनआईसी एशियाको ग्राहक बन्ने देखिन्छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै