PRABHU BANK

सामाजिक उत्तरदायित्वको कार्यमा पनि उत्तिकै अब्बल एनआईसी एशिया बैंक, हेर्नुहोस् कहाँ कति सहयोग गर्यो ?

Nic Asia Bankकाठमाडौँ । एनआईसी एशिया बैंक सामाजिक उत्तरदायित्वका काममा पनि क्रियाशील रुपमा  बहन आएको छ । बैंकले विभिन्न अवसरमा विद्यालय, मन्दिर, स्वास्थ्य चौकीलगायतको निर्माणका लागि आर्थिक सहयोग गर्दै आएको हो । यस्तै बैंकले दुर्गम बस्तीहरुका लागि पनि विभिन्न सहयोग छुट्याउँदै आइरहेको छ ।  ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मूल नाराका साथ उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको एनआईसी एशिया बैंकले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, साँस्कृतिक प्रवद्र्धन, दुर्गम क्षेत्रमा पूर्वाधार सुधार, खानेपानी संंरचना निर्माणलगायतका विभिन्न परियोजनाहरुमा आफ्नो सामाजिक जिम्मेवारी वहन गर्दै आइरहेको छ ।
बैंकले कोरोना महामारीको विषम परिस्थितिलाई दृष्टिगत गरी अक्सिजन सिलिण्डर, अक्सिजन कन्सन्टे«टर, औषधीजन्य सामग्रीसमेत वितरण गरेको थियो । बैंकले प्रत्यक्ष रुपमा गरेको खर्च एवं संस्थामा कार्यरत कर्मचारीको लागि कोभिड–१९ जस्ता महामारीजन्य रोगबाट सुरक्षित राख्न, रोकथाम गर्न तथा उपचार गर्दा लाग्ने (वास्तविक बिल बमोजिमको) खर्चसमेत उपलब्ध गराएको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत कोरोना भाइरसलाई नियन्त्रण गर्न सरकारले लकडाउन गरेका बेला देशका विभिन्न क्षेत्रमा दैनिक ज्याला मजदुरी गर्नेहरूलाई विभिन्न प्रादेशिक तथा स्थानीय सरकारसँगको सहकार्यमा चामल, तेल, नुन, दाललगायतका खाद्यान्न सामग्रीहरूसमेत वितरण गरिसकेको थियो ।
राष्ट्र बैंकको नीतिगत व्यवस्थाअनुसार शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रवद्र्धन, दुर्गम क्षेत्रमा पूर्वाधार सुधार, सामाजिक रुपले पिछडिएका वर्गको आय आर्जन क्षमता अभिवृद्धि, वित्तीय साक्षरता, ग्राहक संरक्षणसम्बन्धी कार्यक्रमसहितका सामाजिक परियोजनाहरूमा यस कोषबाट खर्च गर्न सक्ने छन् । यसैगरी, अति विपन्न वर्गका लागि शिक्षा तथा स्वास्थ्यमा व्यहोरिदिने गरी हुने प्रत्यक्ष खर्च वा त्यस्ता क्षेत्रमा संलग्न तथा क्रियाशील संस्थाहरूको भौतिक संरचना निर्माण साधन खरिद सञ्चालत खर्च आदिमा दिइने प्रत्यक्ष अनुदान खर्चलाई पनि उक्त कोषबाट खर्च गर्न सकिने व्यवस्था गरिएको छ । नेपालको दीगो विकास लक्ष्य २०१६–२०१० ले पहिचान गरेका १७ वटा क्षेत्रहरूमा तोकिएका लक्ष्यहरूको प्राप्तिमा सहयोग हुने गरी गरिने अन्य प्रत्यक्ष तथा अप्रत्यक्ष खर्चहरू, बैंक तथा वित्तीय संस्थाले आफ्नो संस्थामा कार्यरत कर्मचारीका लागि ‘दिवा हेरचाह केन्द्र’ को व्यवस्था गर्दा लाग्ने खर्चलाई पनि यही कोषबाट व्यहोर्न सकिने नेपाल राष्ट्र बैंकले व्यवस्था गरेको छ ।
हेर्नुहोस् एनआईसी एशियाले गरेका सामाजिक कार्य : 
श्वेताश्री फाउण्डेसनलाई आर्थिक सहयोग
बैंकले सिन्धुपाल्चोक जिल्लामा ३ सय २२ माझी परिवारका लागि ५३ वटा भूकम्प प्रतिरोधी घर तथा सामुदायिक भवन, बाल पार्क, सडक लगायतका पूर्वाधार निर्माण गरी एकीकृत नमूना माझी बस्ती निर्माण र विकासमा आर्थिक सहयोग गरेको छ ।
गोरखामा पुस्तकालय भवन निर्माणका लागि आर्थिक सहयोग
बैंकले गोरखामा पुस्तकालय भवन निर्माणका लागि आर्थिक सहयोग गरेको छ । आयोजनाको नेतृत्व फ्रेन्डशिप फाउण्डेसन नेपालले गरेको थियो । पुस्तकालय भवनले स्थानीय समुदायलाई धेरै पुस्तकहरूमा पहुँच बढाउन मद्दत पुर्याएको छ । 
लुम्बिनी वाणिज्य क्याम्पसमा शैक्षिक सफ्टवेयर जडान
बैंकले लुम्बिनी वाणिज्य क्याम्पसका ४ हजार ८ सयभन्दा बढी विद्यार्थीलाई लाभान्वित हुन सक्ने परीक्षा र डाटा व्यवस्थापनलगायत क्याम्पसको सञ्चालनलाई डिजिटलाइज गर्न सहयोग छ । बैंकले शिक्षा व्यवस्थापन सूचना प्रणाली (इएमआईएस) स्थापना गर्न मद्दत गरेर लुम्बिनी क्याम्पसको डिजिटलाइजेसन परियोजनालाई पूर्ण रूपमा आर्थिक सहयोग गरेको हो ।
गण्डकी प्रदेशमा रुद्रपुर स्वास्थ्य चौकी निर्माणका लागि योगदान
सरकारको ‘एक पालिका एक अस्पताल’ रणनीतिअनुरुप गण्डकी प्रदेशका रुद्रपुर स्वास्थ्य चौकीले रुपन्देही जिल्लाको कञ्चन गाउँपालिकामा १५ शैयाको अस्पताल भवन निर्माण गर्ने योजना बनाएको थियो । उक्त आयोजनाले स्थानीय जनता र समुदायलाई प्रत्यक्ष लाभ पुग्ने गरी बैंकले उक्त आयोजना कार्यान्वयन गर्न आर्थिक सहयोग गरेको छ ।

स्वास्थ्य शिविर सञ्चालन
बैंकले आर्थिक वर्ष २०७७/७८ मा विभिन्न संस्थाले आयोजना गरेको धेरै स्वास्थ्य शिविरमा सहयोग गरेको छ । जसअनुसार बैंकले नेपाली सेनासँगको सहकार्यमा २०७७ माघ मसान्तमा नुवाकोट जिल्लाको किस्पाङ गाउँपालिकामा आयोजना गरेको स्वास्थ्य शिविर सञ्चालन गरी स्वास्थ्य शिविरका लागि आवश्यक औषधि खरिदका लागि आर्थिक सहयोग गरेको थियो । त्यसैगरी बैंकले नेपाल नेत्र ज्योति संघले २०७७ फागुन ७ गते अर्घाखाँचीमा आयोजना गरेको मोतियाविन्दु सर्जिकल आँखा शिविरलाई पनि सहयोग गरेको छ ।
कोभिड–१९ महामारीको समयमा खाद्यान्न र उपकरण वितरण
आर्थिक वर्ष २०७७/०७८ कोरोनाको महामारीबाट देश प्रभावित भएको अवस्थामा बैंकले समाजका विभिन्न विपन्न वर्गलाई देशभर राहत वितरण कार्यक्रम सञ्चालन गरी सहयोग गरेको छ । कडा लकडाउनका कारण प्रभावित बनेका र रोजगारी गुमाएका समाजका खाँचोमा परेका वर्गलाई प्रत्यक्ष लाभ पुग्ने विभिन्न सार्वजनिक संस्थाहरूसँगको समन्वयमा खाद्यवस्तु तथा सुरक्षासामग्री वितरण गरिएको थियो । बैंकले कोभिड–१९ संक्रमित बिरामीको आवासका लागि खोलिएका आइसोलेसन सेन्टरमा अक्सिजन कन्सेन्ट्रेटर मेसिन जस्ता सुरक्षा उपकरण पनि वितरण गरेको छ ।
कोभिड–१९ महामारीको समयमा ‘डाक्टर अन डिमान्ड’ कार्यक्रममा सहयोग
बैंकले कोरोनाको संक्रमण बढ्दै गएको र डरको वातावरणका कारण सर्वसाधारणले अस्पताल जान आशंका गरिरहँदा कान्तिपुर पब्लिकेसन्सले ‘डाक्टर अन डिमान्ड’ (स्वास्थ्य परामर्श) नामक कार्यक्रम सञ्चालनमा ल्याएर सर्वसाधारणले प्रत्यक्ष रूपमा चिकित्सकसँग अन्तरक्रिया गर्न सक्ने व्यवस्था थियो । उक्त कार्यक्रमले विज्ञहरूबाट सही तथ्यहरू सम्प्रेषणमार्फत कोरोना भाइरस सम्बन्धी अफवाहहरू सम्बन्धी गलत सूचनालाई कम गर्न मद्दत गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै