- बैंकिङ संसार
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरुलाई थप सेवा दिन नवलपरासीको भुमहीमा रहेको ‘रामनगर समुदायिक हस्पिटल प्रा. लि.’ सँग छुट प्रदान गर्ने गरी व्यवसायिक सम्झौता गरेको छ ।
उक्त व्यवसायिक सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरुले रामनगर समुदायिक हस्पिटलको विभिन्न सेवाहरुमा विशेष २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
साथै, बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको ATM Card प्रयोग गरी नेपालभरी रहेको VISA Network मा आवद्ध अन्य जुन सुकै बैंकको ATM Machine बाट नि:शुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।