PRABHU BANK

एनसीसी बैंकको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक, प्रतिसेयर आम्दानी ४ रुपैयाँ ६३ पैसा

NCC Bank

  • बैंकिङ संसार

काठमाडौं । एनसीसी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सर्वजनिक गरेको छ । यस अवधिमा बैंकले १ अर्ब ४८ करोड ७७ लाख २२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन खुद नाफा अघिल्लो वर्षको तुलनामा ३५.१० प्रतिशतले बढी हो । अघिल्लो वर्ष यस अवधिमा बैंकले १ अर्ब १० करोड ११ लाख ८० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यता बैंकको खुद ब्याज आम्दानी २६.८३ प्रतिशतले बढेर २ अर्ब ७३ करोड ८१ लाख ५ हजार रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा २३.२६ प्रतिशतले बढेर १ अर्ब ९१ करोड २९ लाख ४२ हजार रुपैयाँ पुगेको छ । यस्तै बैंकको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ६३ पैसाले बढेर १७ रुपैयाँ ८१ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४३ रुपैयाँ ०१ पैसा रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै