PRABHU BANK

एनआईसी एशिया क्यापिटलको तेश्रो त्रैमाससम्मको प्रगति विवरण सार्वजनिक, गत वर्षको तुलनामा ६३ प्रतिशतले बृद्धि

NIC Asia Bank
  • बैंकिङ संसार
काठमाडौँ पछिल्लो समयमा मर्चेण्ट बैंकिङ्ग व्यवसायमा बढ्दै गईरहेको तिब्र प्रतिस्प्रर्धा, बजारमा चरम तरलता संकट, कोरोना महामारीबाट सिर्जना भएको चुनौति तथा देशको समग्र आर्थिक सूचकहरु नकरात्मक हुँदै गइरहेको अवस्थामा पनि क्यापिटलले आ.व. २०७८०७९ को तेश्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार रु.८ करोड ९१ लाख ९१ हजार खुद मुनाफा आर्जन गरी प्रति शेयर आम्दानी रु. ५९.४६ कायम गर्न सफल भएको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा ६३ प्रतिशतले बृद्धि हो ।
आ.व. २०७८-०७९ को तेश्रो त्रैमास अन्त्यसम्म क्यापिटलले एन आई सी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत चार वटा योजनाहरु संचालन गरिरहेको छ । जस अन्तर्गत तीनवटा बन्दमुखी योजनाहरु “एन आई सी एशिया ग्रोथ फण्ड”, “एन आई सी एशिया ब्यालेन्सड् फण्ड” र “एन आई सी एशिया सेलेक्ट–३० (इन्डेक्स फण्ड)” तथा एउटा खुलामुखी योजना “एन आई सी एशिया डाईनामिक डेप्ट फण्ड” संचालन गरिरहेको छ । पाँचौ रु.१ अर्व बराबरको बन्दमुखी योजना “एन आई सी एशिया फेलेक्सी क्याप फण्ड” नेपाल धितोपत्र बोर्डमा स्वीकृतिको अन्तिम चरणमा रहेको छ ।
“एन आई सी एशिया ग्रोथ फण्ड” तथा “एन आई सी एशिया ब्यालेन्सड् फण्ड”ले संचालनमा आएको पहिलो वर्ष देखि नै नगद लाभांश वितरण गर्न सफल भएको छ । ग्रोथ फण्डले पहिलो वर्ष १० प्रतिशत, दोश्रो वर्ष १२ प्रतिशत र तेश्रो वर्ष ३० प्रतिशत गरी हालसम्म ५२ प्रतिशत लाभांश वितरण गरिसकेको छ भने ब्यालेन्सड् फण्डले संचालनमा आएको पहिलो वर्ष ८ प्रतिशत र दोश्रो वर्ष ३० प्रतिशत गरी हालसम्म ३८ प्रतिशत नगद लाभांश वितरण गर्न सफल भएको छ ।
पहिलो खुलामुखी योजना “एन आई सी एशिया डाईनामिक डेप्ट फण्ड” संचालनमा आएको पहिलो वर्षमा नै १० प्रतिशत नगद लाभांश वितरण गर्न सफल भएको छ । उक्त लाभांश वितरण पश्चात् समेत आ.व. २०७८-०७९ को तेश्रो त्रैमासको अन्त्यमा “एन आई सी एशिया ग्रोथ फण्ड” को खुद सम्पत्ति मूल्य (NAV) रु. १४.०५, “एन आई सी एशिया ब्यालेन्सड् फण्ड” को खुद सम्पत्ति मूल्य (NAV) रु. १३.१६ तथा पहिलो खुलामुखी योजना “एन आई सी एशिया डाईनामिक डेप्ट फण्ड” को खुद सम्पत्ति मूल्य (NAV) रु. १०.८९ कायम गर्न सफल भएको छ ।
तेश्रो बन्दमुखी योजना एन आई सी एशिया सेलेक्ट ३० इन्डेक्स फण्डको बाँडफाँड भएको पहिलो नौ महिनामा खुद सम्पत्ति मूल्य (NAV) रु. ९.९९ कायम रहेको छ । लगानी व्यवस्थापन सेवा अन्तर्गत “मेरो लगानी, मेरो भविष्य” भन्ने मूल नाराका साथ ग्राहकमुखी नवीनतम् योजनाहरु संचालन गरीे आ.व. २०७८-०७९ को तेश्रो त्रैमाससम्म ५५३ जना ग्राहकहरुबाट रु. १ अर्व ५३ करोड भन्दा बढी रकम संकलन गरी लगानी व्यवस्थापन सेवा उपलब्ध गराइरहेको छ । जुन गत वर्षको सोही अवधीको तुलनामा ३३.०२ प्रतिशतले बृद्धि हो ।
क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्तर्गत Income Guaranteed Fund, Priority Services जस्ता विशेष योजनाहरु संचालन गरिरहेको छ । जुन सेवा अनलाईन मार्फत समेत लिन सकिन्छ । क्यापिटलले निक्षेप सदस्य सेवा अन्तर्गत देशको सम्पूर्ण भू–भागमा बसोबास गर्ने आम जनता माँझ डिम्याट खाताको पहुच सहज, सर्वसुलभ तरिकाबाट पुर्याउने मुख्य उद्देश्यका साथ विगतका वर्ष देखि नै “एक नेपाली, एक डिम्याट खाता” अभियान संचालन गरिरहेको छ ।
क्यापिटलले “एक नेपाली, एक डिम्याट खाता” अभियानलाई सहज र सर्वसुलभ रुपमा आम जनता माँझ पुर्याउन एन आई सी एशिया बैंक लिमिटेडको देशभर छरिएर रहेका सम्पूर्ण शाखा कार्यालयहरू तथा विस्तारित काउण्टरबाट समेत डिम्याट खाता खोल्ने, शेयरको अभौतिकीकरण गर्ने लगायतका निक्षेप सदस्यबाट प्रदान गरिने सम्पूर्ण सेवाहरु सहजै रुपमा उपलब्ध गराउने व्यवस्था मिलाएको छ । डिम्याट खाता खोल्दा लामो समय लाग्ने र उपत्यका बाहिरबाट डिम्याट खाता खोल्न निकै असहज भईरहेको भन्ने जनगुनासो सम्बोधन गर्न नेपालको जुनसुकै भू–भागबाट समेत अनलाईन मार्फत डिम्याट खाता खोल्न सकिने व्यवस्था मिलाएको छ ।
क्यापिटलले २०७८ साल चैत्र मसान्तसम्म ५ लाख ७५ हजार भन्दा बढी डिम्याट खाता खोली डिम्याट खाता संख्याको आधारमा नम्बर १ कम्पनी बन्न सफल भएको छ । क्यापिटलले समग्र बजारको ११.१५ प्रतिशत हिस्सा ओगटन सफल भएको छ । हाल क्यापिटलले “एक नेपाली, एक डिम्याट खाता” अभियानको साथै, ४ वर्षको नविकरण शुल्क भुक्तानी गर्दा ५ वर्षसम्म डिम्याट खाता नविकरण हुने, रु. २,५०० एकमुष्ट भुक्तानी गर्दा लाईफटाईम डिम्याट खाता नविकरण हुने, एन आई सी एशिया विद्यार्थी डिम्याट खाता योजना अन्तर्गत निःशुल्क डिम्याट तथा मेरो शेयर खाता, अनलाईन मार्फत डिम्याट खाता खोल्दा १ घण्टा भित्र निःशुल्क डिम्याट खाता उपलब्ध गराउने लगायतका योजनाहरु संचालन गरिरहेको छ ।
पछिल्लो समयमा एक नेपाली, एक डिम्याट खाता अभियानलाई अझ प्रभावकारी रुपमा संचालन गरी सेवा ग्राहीहरुलाई थप सुविधा प्रदान गर्ने मुख्य उद्देश्यका साथ निःशुल्क रुपमा डिम्याट र मेरो शेयर खाता खोलिदिनुका साथै पहिलो वर्षको डिम्याट खाता संचालन शुल्कमा छुट दिने व्यवस्था मिलाएको छ । डिम्याट खाता खोल्ने सेवाग्राहीहरुको संख्या बढेसंगै ग्राहकहरुको आवश्यकता अनुरुपको जानकारी उपलब्ध गराउने मुख्य उद्देश्यका साथ छुट्टै Customer Care Unit खडा गरी सेवा प्रदान गर्न सुरु गरिसकेको छ ।
क्यापिटलले मर्चेण्ट बैंकिङ्ग सेवा अन्तर्गत २०७८ साल चैत्र मसान्तसम्ममा ११ वटा कम्पनीको शेयर रजिष्ट्रार सम्बन्धी सेवा प्रदान गर्दै आइरहेको छ । निष्कशन तथा बिक्री प्रबन्ध सेवा अन्तर्गत हालसम्म ८ वटा कम्पनीको प्राथमिक शेयर निष्काशन, ४ वटा कम्पनीको हकप्रद शेयर निष्काशन र १५ वटा कम्पनीको बोलकबोल मार्फत शेयर बिक्री गर्ने कार्य सम्पन्न गरेको छ । साथै क्यापिटलले नेपाल धितोपत्र बोर्डबाट विशिष्टीकृत लगानी कोष संचालन गर्नको लागि आसाय पत्र प्राप्त गरिसकेको र यथासिघ्र विशिष्टीकृत लागनी कोष अन्तर्गत Private Equity/Venture Capital (PE/VC) सेवा प्रदान गरिने छ ।
हाल क्यापिटलले आफ्नो सेवालाई सर्वसुलभ र प्रविधिको प्रयोग मार्फत ग्राहक माँझ पुर्याउन डिम्याट तथा मेरो शेयर खाता खोल्न, नविकरण गर्ने, खुलामुखी योजनाको इकाईको खरिद पूनखरिद र लगानी व्यवस्थापन सेवा समेत अनलाईन मार्फत लिन सकिने व्यवस्था मिलाएको छ । साथै आगमी दिनमा क्यापिटलबाट प्रदान गरिने सम्पूर्ण सेवाहरुलाई डिजिटलाईज रुपमा उपत्यका बाहिरबाट समेत अनलाईन मार्फत गर्दै लैजाने रणनीति लिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै