PRABHU BANK

एनआईसी एशिया बैंकको अधिकृतमा राठी नियुक्त, बैंकिङ क्षेत्रमा २० वर्षको कार्यअनुभव

NIC Asia Bank
  • बैंकिङ संसार

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडको मिति २०७९ जेष्ठ ८ मा बसेको सञ्चालक समितिको ५४५ औं बैंठकले सन्तोष कुमार राठीलाई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत रहेका उनलाई नेपाल राष्ट्र बैंकबाट जारी गरिएको एकीकृत निर्देशन २०७८ को इ.प्रा.निर्देशन नं. ६/०७८ को बुँदा नं. ७ (१) (छ) मा भएको व्यवस्था बमोजिम बैंकको सञ्चालक समितिले मिति २०७९ श्रावण १ देखि लागू हुनेगरी नायब प्रमुख कार्यकारी अधिकृतको पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
२०६४ मंसिर १९ देखि तत्कालीन बैैंक अफ एशिया नेपाल लिमिटेडको विराटनगर शाखाको शाखा प्रबन्धकको जिम्मेवारीबाट यस बैंकको सेवामा जोडिएका सन्तोष कुमार राठी बैंकको विराटनगरस्थित प्रादेशिक कार्यालयको प्रमुख, विभिन्न इकोसिष्टमहरुको प्रमुख र बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत हुँदै नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन् ।
समग्र बैंक व्यवस्थापन, जोखिम व्यवस्थापन, मानव संशाधन व्यवस्थापन, व्यवसाय विस्तार तथा विविधिकरण लगायत विभिन्न रणनीतिक क्षेत्रमा विशेष दक्षता हासिल गरेका सन्तोष कुमार राठीलाई अनुकरणीय लगन, परिश्रम, दृढता, संकल्प र दक्षता निरन्तर प्रदर्शन गर्दै बैंकको रुपान्तरणमा पुर्याएको अतुलनीय योगदानको कदर एवं उच्च मूल्याङ्कन गर्दै बैंकले उनलाई नायब प्रमुख कार्यकारी अधिकृतको पदमा नियुक्त गरेको हो ।
नेपालको बैंकिङ क्षेत्रमा करिब २० वर्षको विभिन्न कार्यअनुभव संगालेका राठीले वाणिज्यशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेका छन् । उनको यस नियुक्तीले बैंकले आगामी दिनमा अझ उन्नत उचाई हासिल गर्ने पूर्ण विश्वासका साथ उनलाई हार्दिक बधाई दिँदै सम्पूर्ण बैंक परिवार उनको सफल कार्यकालको शुभकामना व्यक्त गर्दछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै