PRABHU BANK

कामना सेवा विकास बैंकको शाखारहित बैंकिङ सेवा सञ्चालन, सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्य

Kamana Sewa Bikas bank
  • बैंकिङ संसार
काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ थप नयाँ स्थानहरूमा मोबाइल एप मार्फत शाखा रहित बैंकिङ सेवा शुभारम्भ गरेको छ । बैंकले सेवा विस्तार गर्ने क्रममा मिति २०७९ साल जेठ १० गते मंगलबारबाट नवलपरासी जिल्लाको कावसोती न.पा. वडा नं. ११ मा शाखा रहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।
कावसोती न.पा. वडा नं. ११, कुडौली स्थित गुरौ किराना पसल (प्रो. हेमराज गुरौ) लाई शाखा रहित बैंकिङ सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ । वडा नं. ११ का वडा अध्यक्ष शारदा प्रसाद अधिकारीले उक्त शाखा रहित बैंकिङ सेवाको समुद्धघाटन गरी सेवा शुभारम्भ गरेका थिए । कार्यक्रममा बैंकका तर्फबाट नारयणगढ क्षेत्रीय प्रमुख सुरेन्द्र भण्डारी लगायत बैंकका अन्य कर्मचारीहरु, व्यावसायिक प्रतिनिधि तथा स्थानीय महानुभावहरुको उपस्थिती रहेको थियो ।
शाखा रहित बैंकिङ मार्फत खाता खोल्न, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्रदान गरिनेछ । यो सेवाबाट ग्रामीण तथा बैंकिङ पहुँच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै