PRABHU BANK

प्रभु क्यापिटलका हितग्राही ग्राहकहरुलाई गुहेश्वरी डेन्टलमा १५ प्रतिशत छुट

prabhu capital
  • बैंकिङ संसार
काठमाडौं । प्रभु क्यापिटल र Guheswori Dental Multispeciality And Implant Hub Pvt. Ltd.बीच सम्झौता सम्पन्न भएको छ । क्यापिटलमा डिम्याट खाता खोलेका सम्पूर्ण हितग्राही ग्राहकहरुको डेन्टल सम्बन्धी कुनै पनि उपचार गर्दा लाग्ने खर्चको लागि गुहेश्वरी डेन्टलसँग भदौ १ गते सम्झौता गरेको हो ।
उक्त सम्झौतापत्रमा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचन र गुहेश्वरी डेन्टलको तर्फबाट संचालक दिपेश गोर्खालीले हस्ताक्षर गरेका हुन् ।क्यापिटलका ग्राहकहरुले गुहेश्वरी डेन्टलमा सेवा लिदाँ १५ प्रतिशत छुट पाउने जनाईएको छ ।
यो योजनाबाट लाभ लिन हितग्राहीहरुले बिल पेमेन्ट गर्दा प्रभु क्यापिटल लिमिटेडमा हितग्राही खाता रहेका जानकारी सहित हितग्राही खाता नम्बर गुहेश्वरी डेन्टललाई उपलब्ध गराउनु पर्नेछ । यो अफरको लाभ क्यापिटलका हितग्राही ग्राहकले छुट सम्झौता भएको मितिबाट १ वर्ष सम्म लिन सक्नेछन् ।
ललितपुर, पुलचोकमा रहेको Guheswori Dental Multispeciality And Implant Hub Pvt. Ltd., अत्याधुनिक उपकरणबाट सेवा प्रदान गरिरहेको छ । यस गुहेश्वरी डेन्टलबाट ग्राहकहरुले डेन्टल चेकअप, डेन्टल फिलिङ्ग, तिथ ब्लीचिंग, डेन्टल एक्सट्राक्सन, तथा अन्यसेवा लिन सकिने क्यापिटलले जनाएको छ ।
प्रभु क्यापिटलले समयानुसारको प्रविधि अपनाउँदै आफ्ना ग्राहकलाई सहज तरिकाले सेवा प्रदान गर्दछ । हाल प्रभु क्यापिटलले २ लाख ३० हजार माथि हितग्राही ग्राहकलाई डीपी सेवा प्रदान गरिरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै