PRABHU BANK

सेञ्चुरी कमर्सियल बैंक र अलफ्ट होटेलबीच सम्झौता

century Commercial Bank
  • बैंकिङ संसार
काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र अलफ्ट काठमाडौँ, ठमेल बीच विभिन्न सेवा सुविधाहरुमा १० प्रतिशतसम्मको छुट प्रदान गर्ने गरि सम्झौता भएको छ । बैंकको डेबिट कार्ड र क्रेडिट कार्डवाहकहरु, मोबाईल बैंकिङ प्रयोगकर्ताहरु, सम्पूर्ण ग्राहकहरु तथा बैकका कर्मचारीहरुलाई अलफ्ट काठमाडौँ, ठमेलको Nook, WXYZ र Re:Fuel रेष्टुरेन्टमा १० प्रतिशत छुट प्रदान गर्ने गरी सम्झौता भएको छ ।
उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख बजार अधिकृत अनुपमा श्रेष्ठ मानन्धर र अलफ्ट होटेल काठमाडौँका तर्फबाट बजार प्रमूख पवन राजभण्डारीले हस्ताक्षर गरेका थिए । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका १४४ शाखा, १० एक्सटेन्सन काउण्टर, २४ शाखारहित बैंकिङ र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै