PRABHU BANK

एनएमबि बैंक र ट्रेकिङ्ग एसोसिएशन अफ नेपालबीच सम्झौता, व्यवसायमा सहजीकरण हुने विश्वास

NMB Bank

  • बैंकिङ संसार

काठमाडौँ। एनएमबि बैंक र ट्रेकिङ्ग एसोसिएशन अफ नेपाल (TAAN) को बीच डिजीटल सेवाहरु लाई प्राथमिकता दिनको लागी समझदारी भएको छ । उक्त समझदारी २०७९ अषाढ ९ मा सम्पन्न भएको हो । उक्त समझदारीको लागी बैंकको तर्फबाट प्रमुख व्यापार तथा रणनीति अधिकृत सुदेश उपाध्याय र TAAN को तर्फबाट अध्यक्ष खुब बहादुर सुबेदी बीच समझदारी पत्र हस्तानान्तरण भएको छ ।
उक्त समझदारी पत्र मार्फत टानका TAAN सदस्यहरुले एनएमबि बैंकको डिजीटल सेवाहरु सजीलै उपभोग गर्न सक्नेछन् । एनएमबि बैंकले डिजीटल सेवाहरु वी च्याट, पोस, क्युआर र पेमेन्ट गेटवे जस्ता सुविधाहरु प्राथमिकताको साथ प्रवाह गदै आईरहेको छ। यी सेवाहरुले गर्दा टानका TAAN सदस्यहरु लाई व्यापार व्यवसायमा सहजीकरण हुने विश्वास लिइएको छ । एनएमबि बैंकले ग्राहकहरुलाई डिजिटल कारोवारहरुको उपयोगिताको महत्व बढाउन यस्ता किसिमका अभियानहरु सञ्चालन गर्दै आएको छ । एनएमबि बैंक दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ बाट सम्मानित भएको बैंक हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै